Logo

बेल्जियम र फ्रान्स अन्तिम आठमा



काठमाडौं, ३ साउन । महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत समूह डी बाट फ्रान्स र बेन्जियम अन्तिम आठमा स्थान बनाएका छन् । सोमबार राति भएको खेलमा फ्रान्स आइसल्यान्डसँग १–१ को बराबरीमा रोकियो । अर्को खेलमा बेल्जीयमले इटालीलाई १–० ले पराजित गर्‍यो ।

समुह ‘डी’ को सुरुवाती दुई खेल जित्दै यसअघि नै समूह विजेताको रुमपा क्वार्टरफाइनल प्रवेश गरिसकेको फ्रान्स अन्तिम खेलमा पनि सुखद नतिजाको खोजीमा थियो ।

समूह चरणको अन्तिम खेल अगावै फ्रान्सले समूह ‘सी’ को उपविजेता नेदरल्यान्ड्सलाई क्वाटर्फाइनल प्रतिद्धन्दीको रुपमा पाएको थियो ।

तीन खेलमा सात अंकसहित फ्रान्स समूह डी को विजेता रह्यो । समान खेलमा चार अंक जोड्दै बेल्जिमय उपविजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्‍यो ।

तेस्रो स्थानको आइसल्यान्डको दुई र चौथो स्थानको इटालीको एक अंक रह्यो । दुबै समूह चरणबाट माथि उठ्न सकेनन् ।

समूह ‘डी’ बाट फ्रान्सले दुई खेलपछि नै क्वार्टरफाइनलको टिकट काट्दा उपविजेताको दौडमा अन्य तीन टोली आइसल्यान्ड, इटाली र बेल्जियम थिए । आइसल्यान्डको दुई अंक थियो भने इटाली र बेल्जियमको समान एक अंक थियो ।

गय राति बेल्जियमले इटालीलाई १० ले निराश पार्दै क्वार्टरफाइनलको टिकट पक्का गर्‌यो । सेमिफाइनल प्रवेशका लागि बेल्जियमले समूह ‘सीु को विजेता स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot