Logo

जोरपाटीमा यसरी निस्कियो ग्याँस (भिडियोसहित)



काठमाडौं, ३ साउन । यो दृश्य जोरपाटीको हो । यहाँ बोरिङ खन्ने क्रममा ग्याँस निस्किएको छ । सुन्दरीजल जाने बाटोमा सन्तवीर लामाको घरमा बोरिङ खन्दा अचानक ग्याँसको फोहोरा नै छुट्यो ।

ग्याँस निस्कँदा हिलो समेत माथि सम्म पुगेको देखिन्छ । ग्याँस सय फिटभन्दा माथिसम्म उडेको देखिन्छ ।

यसअघि खनेको बोरिङमा पानी सुकेपछि त्यसको केही पर खन्दा ग्याँस निस्किएको थियो । ग्याँस निस्किएपछि घरधनी लामाले परिवारका सदस्यलाई अन्यत्र लगेका छन् ।



प्रतिक्रिया दिनुहोस्