Logo

समाजवादी केन्द्र बनाउनेगरि प्रचण्ड र बाबुराम छलफलमा



काठमाडौं, ३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालको कारबाहीमा परेका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको छ । सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भएको हो । पछिल्लो समय डा. भट्टराईले समाजवादी केन्द्र बनाउनेगरि आफूलाई सक्रिय बनाएका छन् । प्रचण्डले हालै भारत भ्रमण गरेका थिए ।

आगामी निर्वाचनलाई केन्द्रविन्दुमा राखेर नेताहरुले मोर्चाबन्दी बनाउने विषयमा छलफल थालेका छन् । बाबुरामलाई अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीबाट निश्काषन गरिसकेको छ । भट्टराई भने नयाँ दल खोल्नेगरि आन्तरिक परामर्शमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot