Logo

‘देशमा गरिबहरुको लागि दुर्गा प्रसाईको सरकार छ’ (भिडिओसहित)



काठमाडौं, ३ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले देशबाट अहिले दैनिक हजारौं सक्षम युवाहरु विदेश पलायन भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले आज देशमा शेरबहादुर देउवा र दुर्गा प्रसाईको सरकार रहेको बताए ।

उनले आफ्नो सरकार चाहीँ गरिबहरुको सरकार रहेको सुनाए । उनले मुलुकमा सरकार भएको भए विदेशमा दुःखमा परेकाहरु नेपालीहरुलाई सहयोग गर्ने थियो भन्दै अहिले सरकार नै नभएको आरोप लगाए । नेपालबाट नेताहरु दुवई पुग्ने गरेको र बारमा हुक्का तानेर नेपाली युवतीहरुले नाचेको हेर्ने गरेको समेत उनले गम्भीर आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्