Logo

इजरायली श्रमिकका लागि आयो भिसा



काठमाडौं, साउन ४ । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका थप एक सय जनाको भिसा आएको छ । यसअघि इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत ट्रेड युनियनले आन्दोलनका कारण रोकिएको थियो ।

वैदेशिक रोजगार विभागले सूचनामार्फत एक सय जनाको रोस्टममा परेकालाई कोभिड १९ विरुद्धको खोप लगाएर छ महिना नकटेको कार्डसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा साउन ४ गते सम्पर्क गर्न आग्रह गरिएको छ । साथै रोस्टममा परेकाहरूको यही साउन ८ र ९ गते हवाई उडान हुने भएकाले सोहीअनुरूप तोकिएको एयरलाइन्समा गएर टिकट लिएर तयारी रहनसमेत आग्रह गरेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले इजरायल जान छनोट भएर पनि विगत छ महिनादेखि प्रतीक्षामा रहेकाहरू अबको एक महिनाभित्र गइसक्ने जानकारी दिए ।

स्वास्थ्य परीक्षणमा हेपाटाइटिस, सिफिलिस, गोनोरिया, एचआईभी-एड्स, टीबीलगायतका रोगको पनि पुनः परीक्षण गर्नुपर्ने विभागले जनाएको छ । यसैगरी राहदानीको म्याद तीन वर्षभन्दा कम भएको अवस्थामा आवेदन दिएको मिति अर्थात् छ महिनाअघिसम्म तीन वर्षको भए मान्य हुने विषयमा इजरायल पक्षसँग सहमति भएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot