Logo

गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया बन्द



काठमाडौं, ४ साउन । काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा रोकिएको छ । शल्यक्रिया गर्न आवश्यक ‘अक्सिजेनेटर’को अभाव भएपछि अस्पतालमा शल्यक्रिया सेवा रोकिएको हो ।

शल्यक्रिया सेवा रोकिएसँगै अस्पतालमा भर्ना भएका करिब ५० बिरामी घर फर्किएका स्रोतले जनाएको छ । अस्पताल प्रशासनले ‘अक्सिजेनेटर’ समयमै व्यवस्था मिलाएको भए त्यस्तो समस्या नआउने चिकित्सकहरु बताउँछन् ।

मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोको काम उपकरणको सहयोगमा कृत्रिम रुपमा सञ्चालन गर्नुपर्छ र अक्सिजेनेटर मेसिनले मुटुको शल्यक्रिया गर्दा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot