Logo

केपी ओलीले दक्षिणपन्थी बाटो समातेको र विदेशीसामू समर्पणको नीति लिएको माधव नेपालको आरोप (भिडिओसहित)



काठमाडौं, ४ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) लाई निजी कम्पनीको रुपमा चित्रण गरेका छन् । उनले एमाले अहिले दक्षिणपन्थी बाटोतर्फ गएको र विदेशीहरुको सामू समर्पण गर्ने नीति अवलम्ब गरेको पनि आरोप लगाए ।

समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेटमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले एमालेमा ठूलो विवाद उत्पन्न भएपछि र एकपछि अर्को गरेर गलत काम गरेकोले आफूहरुले विद्रोह गरेको सुनाए । उनले केपी शर्मा ओलीले पार्टीमा आदेशपालक मात्रै खोजेको सुनाए । उनले नेकपाकालिन समयमा बा भन्नेहरुको बिगबिगी भएको र कमरेड भन्नेहरुको पाखा लगाईएको पनि आरोप लगाए ।

उनले ओली बैठकमा बहुमत नपुग्ने भएपछि बीचमै छोडेर हिँड्ने गरेको पनि स्मरण गराए । उनले केपी ओलीकै कारण मुलुकमा प्राप्त पछिल्ला उपलब्धि गुम्ने खतरा भएकोले नै आफूहरुले देशलाई बचाउन, लोकतन्त्र बचाउन र संविधानको रक्षाको लागि विद्रोह गर्नु परेको सुनाए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot