Logo

कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा



काठमाडौं, ४ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।

कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रम्ख सचेतकमा यादव र सचेतकमा विश्वकर्मालाई संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतकमा बालकृष्ण खाँण थिए । उनी अहिले गृहमन्त्री छन् । त्यस्तै, सचेतकमा पुष्पा भुसाल थिइन् उनी उपसभामुख निर्वाचित भएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot