Logo

श्रीलंकाको नयाँ राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित



काठमाडौं, ४ साउन । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। आज (बुधबार) भएको निर्वाचनमा विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसअघि उनी कार्यवाहक राष्ट्रपतिको भूमिकामा थिए । उनले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot