Logo

ओलीले नेपाल र खनालतर्फ संकेत गर्दै भनेः काँग्रेसले गालामा झिल्का निस्कने गरी बेला बेलामा ठ्याम्म हान्छ



काठमाडौं, ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालतर्फ संकेत गर्दै नेपाली काँग्रेसले बेला बेलामा गालामा ठ्याम्म हान्ने गरेको टिप्पणी गरे । उनले काँग्रेसले थप्पड हानेपछि रुने कराउने गरेको भन्दै नेपाल र खनालको व्यङ्ग्य गरे ।

‘काँग्रेसले ठ्याम्म हान्छ के गालामा झिल्का निस्कने गरी,’ माधव नेपाल र झलनाथ खनालतर्फ संकेत गर्दै एमाले बागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षणमा ओलीले व्यङ्ग्य गरे,‘रुन्छन् अनि ठूलो छन् भन्दैमा हेप्ने, हेपाई अति भो !’ ओलीले माधव नेपाल र झलनाथ खनालको बोल्ने शैलीको समेत नक्कल गरेर व्यङ्ग्य गरेका थिए ।

ओली सत्ता गठबन्धन फुटाउनै नपर्ने बताए । गठबन्धन स्वार्थका लागि बनेकाले स्वार्थकै कारण फुट्ने ठोकुवा गरे । ‘गठबन्धन फुटाउन कुनै हतार गर्नुपर्दैन,’ ओलीले भने,‘स्वार्थको एकता सवार्थको टकरावबाट फुट्छ ।’ गठबन्धन फुटाउन चाँदकिो तरबार बनाउनुपर्ने आवश्यकता नभएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्