Logo

छानबिन विशेष समितिमा बयान दिएर फर्कदै निवर्तमान अर्थमन्त्री शर्मा (फोटोफिचर)



काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको सम्लग्नता नरहेको बताएका छन् ।

संसदीय छानबिन विशेष समितिको आजको बैठकमा बोल्दै शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको सम्लग्न नगराएको दाबी गरेका हुन् ।

अनाधिकृत व्यक्तिलाई बजेट निर्माणको क्रममा छिराएको आरोप लागेपछि शर्माले अर्थमन्त्री पदबाट गत असार २२ गते राजीनामा दिएका थिए । शर्मा माथी छानबिन गर्न ११ सदस्यीय समितिसमेत गठन गरिएको छ । Photo : Mukunda kalikote



प्रतिक्रिया दिनुहोस्