Logo

भारतमा राष्ट्रपतिको मत परिणाम सार्वजनिक नहुँदै उत्सवको तयारी



नयाँ दिल्ली, ५ साउन । भारतमा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज ११ बजेबाट सुरु हुँदैछ । जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट आदिबासी सन्थाल महिला दौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्प्रर्धामा रहेका छन् ।

मर्मुको निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । दिउँसो चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ ।

भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र चुनावी नतिजाघोषणा भएपछि बधाई दिने कार्यक्रम रहेको छ । मुर्मुको गृहनगर ओडिसास्थित रायरङपुरका बासिन्दाहरू उत्सव मनाउन तयार छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्