Logo

‘गाँजाको पात’ पार्टीको झण्डा लिएर निर्वाचन आयोग पुगेको ‘चिया पार्टी’ दर्ता भएन



काठमाडौं, ५ साउन । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि ‘चिया पार्टी’ पुगेपनि दर्ता नगरी फर्कनु परेको छ । पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दल दर्ता गर्न नमानेर फर्काइदिएको हो ।

चिया पार्टीको झण्डा संविधान भावना विपरित भएकोले दर्ता नगरेको आयोगको जनाएको छ । चिया पार्टीको महामन्त्रीमा रविकिरण हमाल छन् । र, पार्टीमा २१ सदस्य रहेका छन् ।

चियाको नाममा आयोगले पार्टी दर्ता नगरेपछि पार्टीको नाम परिवर्तन गर्ने तयारी पार्टीले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्