Logo

वीर अस्पतालद्वारा दुवाकोटमा वृहत्त स्वास्थ्य शिविर सञ्चालन



काठमाडौं, ५ साउन। विस्तारित वीर अस्पतालले दुवाकोटमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

वीर अस्पतालको १३३ औं वार्षिकोत्सवका अवसरमा अस्पतालले दुवाकोटमा विशेषज्ञसहितको स्वास्थ्य शिविर आयोजना गरेको हो । अस्पतालका नि. प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्र कुमार बस्नेतले वार्षिकोत्सवका अवसरमा विशेषज्ञ सेवासहितको शिविर आयोजना गरेको बताए । उनले एक्सरे,अल्ट्रासाउन्ड, इसिजि, इको र ल्याब सेवासहित उपस्थित भएको स्वास्थ्य लाइभलाई जनाए ।

शिविरमा बिहानैदेखि सेवा लिन जानेहरुको भिड लागेको छ । बैशाख २ गतेबाट दुवाकोटमा एक्सरे र ल्याब सेवा सुरु गरिएको थियो । तत्काल विस्तारित वीर अस्पताल बन्ने आधार नदेखिएपछि नागरिकको माग अनुसार कार्यकारी अधिकारी डा. बस्नेतले उपचार सेवा सुरु गराएका थिए । त्यहिँ ठाउँमावीर अस्पतालको १३३ औं वार्षिकोत्सवका अवसरमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

‘विस्तारित वीर अस्पतालको निर्माणका लागि थुप्रै स्थानमा जग्गा हेरियो तर सबै हिसावले दुवाकोट उपयुुक्त भएकाले यहाँ निर्णय गरेका हौं’, डा बस्नेतले भने, ‘अहिले बाटो, बिजुली र पानीको पनि ब्यवस्था भएको छ । अब स्थानिय जनप्रतिनिधि र वीर अस्पताल लागेमा मात्रै दुवाकोटमा अस्पताल बन्छ।’, सबैले सहकार्य गरेर अगाडि बढे आगामी ५ बर्षमा अस्पताल ब बन्ने उनको भनाइ छ ।

दुवाकोटमा अन्तर्राष्ट्रियस्तरको अस्पताल बन्न भन्दै डा. बस्नेतले गौरवको आयोजना भएकाले यसलाइ सफल बनाउन सबै एक ठाउमा उभिनु पर्ने धाराणा राखे । उनले दुवाकोटको टिकट लिएर वीर पुगेका बिरामीले ६ महिना शल्यक्रियाको लागि कुर्नुपर्दैन भनेर लागिरहेको जनाए ।

चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले वीर अस्पतालको वृहत्त निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिन नागरिकलाई आग्रह गरे । स्वास्थ्यमा देखिएका जटिल समस्यालाई वीर अस्पतालले लगेर सेवा दिने बताउँदै उनले यसको भरपुर उपयोग गर्न आग्रह गरे । विस्तारित वीर अस्पताल निर्माण हुन विभिन्न कारणले ढिला भएको उनको धारणा छ ।

‘स्थानीय नगरवासीबाट जस्तो सहयोग गर्न पनि तयार छौ, अस्पताल बन्ने काम नरोकियोस्’, मेयर खत्रिले भने, ‘जनप्रतिनिधिको पहिलो प्राथमिकता नै विस्तारित वीर अस्पताल निर्माण होस् भन्ने छ । हामी पालेको रुपमा निरन्तर झकझक्याउने काम गर्ने छौं । रोकिएका काम तत्काल अगाडि बढोस् भन्ने नगरबासीको चाहना रहेको छ ।’,

यता वीर अस्पतालकी उप निर्देशक डा. प्रा. अनुपमा कार्कीले शिविरमा उपचार सम्भावना नभएका बिराकीलाई वीर अस्पालमा लगेर निःशुल्क स्वास्थ्य सेवा दिने बताइन् ।

प्रमुख अस्पताल नर्सिङ प्रशासक संगिता श्रेष्ठले स्वास्थ्य नै धन हो भन्दै यसबाट भरपुर सेवा लिन आग्रह गरिन् । ‘शिविरमा विशेषज्ञ सेवा दिएका छौं’, श्रेष्ठले भनिन्, ‘यहाँ उपचार नहुने बिरामीलाई वीर अस्पताल लगेर उपचार गर्नेछौं ।’, उनले वीर अस्पतालले विभिन्न स्थानमा सेवा विस्तार गर्दै लगिरहेको समेत बताइन् ।

कार्यकारी अधिकारी प्रा.डा. भुपेन्द्र कुमार बस्नेत, उपनिर्देशक प्रा. डा. अनुपमा कार्की, प्रमुख अस्पताल नर्सिङ प्रशासक संगिता श्रेष्ठ, डा. प्रकाश बुढाथोकी, डा. बिष्णु बहादुर बस्नेत, उपसचिव सागर मिश्र, उपसचिव लेखा लोकबहादुर बोहरा, कानुनी सल्लाहकार पुर्णिमा रिमाल, समन्वय शाखा प्रमुख नवराज श्रेष्ठ, मेडिकल स्टोर प्रमुख टीकाराम पनेरु र खरिद शाखाका खुपराज आचार्य लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन डा. आस्था राणाले गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot