Logo

राप्रपाद्धारा थप ५३ केन्द्रीय सदस्य मनोनित

काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थप ५३ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार सदस्यहरु मनोनित गरेका हुन् ।

यसअघि पनि लिङदेनले केन्द्रीय सदस्य विस्तार गर्दै आएका छन् । योसँगै पार्टीमा २४३ जना केन्द्रीय सदस्यको संख्या पुगेको छ । पार्टीको विधानमा २९९ जना सदस्य रहने उल्लेख गरिएको छ ।

पार्टीको आज बस्ने केन्द्रीय समितिको बैठक अघि नै लिङदेनले नयाँ केन्द्रीय सदस्यहरुलाई शपथ खुवाएका छन् ।

आज मनोनित भएका केन्द्रीय सदस्यहरुमा रामचन्द्र राय, तोरण गुरुङ, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, दिपक सिंह, जयलाल पुन, प्रेम श्रेष्ठ, राजकुमार पोखरेल, भरतजंग उप्रेती, विनोद भारती, गुणराज राजभण्डारी, ईन्द्रबहादुर खत्री, लक्ष्मी संग्रौला, पर्शुराम तामाङ लगायत ५३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्