Logo

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने



काठमाडौं, ५ साउन । संसदीय विशेष समितिले अहिलेसम्म छानविन गर्दा पनि जर्नादन शर्माले अनाधिकृत व्यक्तिलाई बजेटमा करको दर हेरफेरमा प्रवेश गराएको तथ्य फेला पारेन । संसदीय विशेष समितिको कार्यविधि ७ दिन थप गर्ने निर्णय आएको छ ।

समितिले अबको ७ दिनमा कुनै तथ्य फेला नपारेमा प्रतिवेदन शर्माकै पक्षमा जान सक्छ । त्यसपछि उनी पुनः अर्थ मन्त्रालय फर्कने अवस्था बन्छ । आफूले गल्ती नगरेको दाबी गर्दै शर्माले छानविन सहज बनाउन राजीनामा दिएका थिए । उनले संसदको रोष्टममा उभिएर गल्ती प्रमाणित गर्न चुनौती दिएका थिए ।

छानविनका लागि आफूले राजीनामा दिएको भनेर निस्किएका शर्माको ठाउँमा प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई नियुक्ति दिएनन् । अर्थ मन्त्रालयमा शर्मालाई फेरि ल्याउन प्रचण्ड पनि सकारात्मक छन् । यसकारण पनि माओवादीले नयाँ मन्त्री पठाएको छैन । संसदीय समितिले छानविन पूरा गरेपछि शर्मा फेरि अर्थमा फर्कने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot