Logo

भारतको राष्ट्रपतिमा पहिलो आदिवासी महिला द्रोपदीको जीत निश्चित



एजेन्सी, ५ साउन । भारतको राष्ट्रपतिमा द्रोपदी मुर्मूले जीत पक्का गरेकी छिन् । उनी भारतको इतिहासमा राष्ट्रपति बन्ने पहिलो आदिवासी महिला बन्ने भएकी छिन् ।

मतगणनामा बहुमत ल्याइसकेकाले द्रोपदी निर्वाचित हुने पक्का भएको हो । उनका प्रतिद्वन्द्वी पूर्वविदेशमन्त्री यशवन्त सिन्हा द्रोपदी भन्दा निकै पछि छन् ।



प्रतिक्रिया दिनुहोस्