Logo

द्रोपदी मुर्मूः ५ वर्षबीच दुई पुत्र र पति वियोगका बाबजुद संघर्ष गर्दै रचिन् इतिहास



एजेन्सी, ५ साउन । द्रोपदी मुर्मू भारतको प्रथम आदिवासी महिला राष्ट्रपति हुने निश्चित भएको छ । उनले इतिहास रचिसकेकी छिन् ।

द्रोपदी उडिसाको सन्थाल जाजातिको विपन्न परिवारमा जन्मिएकी हुन् । बाल्यकाल संघर्षमा बिताएकी द्रोपदीको जीवन पीडाहरुले भरिएको छ । ३ वर्षको फरकमा दुई छोरा गुमाइन् ।

द्रोपदीका एक छोरा लक्ष्मण मुर्मूको सन् २००९ मा निधन भएको थियो । मृत्यु रहस्यमय बन्यो । लक्ष्मण ओछ्यानमा बेहोश अवस्थामा भेटिएका थिए । उनलाई अस्पताल लगिंदा मृत घोषित गरिएको थियो । लक्ष्मण साथहिरुसँग भोजमा गएका थिए र निकै थाकेको बताएर सुतेका थिए । तर, विहान ढोका नखोलेपछि फोडेर निकाली अस्पताल लगिएको थियो ।

छोराको मृत्युपछि द्रोपदी मानसिक रुपमा विक्षप्त भइन् । ६ महिनासम्म उनको मानसिक अवस्थामा समस्या आयो । उनी अध्यात्मिक कार्यमा लागेर सामान्य भइन् । तर, उनको जीवनमा अर्को बज्रपात आइलाग्यो ।

जेठो छोराको मृत्युको २ वर्षपछि कान्छो छोराको सडक दुर्घटनामा निधन भयो । त्यसपछि द्रोपदीले उक्त घरलाई होस्टलमा परिणत गरिन् । उनका पति लक्ष्मण मुरमको हृदयघातबाट सन् २०१४ मा निधन भएको थियो ।

द्रोपदी ओडिसाकी हुन् । उनी ६४ वर्षकी भइन् । उनकी एक छोरी इतिश्री मुर्मू छिन् । उनकी एक छोरी छिन् ।

झारखण्डकी पूर्व गर्भनर द्रोपदीले स्नातक सम्म अध्ययन पूरा गरेकी छिन् । उनी हिन्दू धर्म मान्छिन् र शाकाहारी हुन् । ब्रम्हकुमारी सेन्टरमा गएर योग र साधनामा लागिन् । उनी हरेक दिन साँढे ३ बजे उठ्छिन् । योग गर्छिन् ।

द्रोपदीले सुरुमा शिक्षकका रुपमा काम गरिन् । पछि राजनीतिमा प्रवेश गरिन् ।

भाजपाबाट सन् १९९७ मा उडसाको रैरानागपुर नगर पञ्चायतको काउन्सिलर निर्वाचित भएकी थिइन् । सन् २००० मा उक्त नगर पञ्चायतको प्रमुख बनिन् । भाजपाको आदिवासी मोर्चाको उपाध्यक्ष बनिन् ।

उडिसामा भाजपा र बिजु जनता दलको संयुक्त सरकार हुँदा २००० देखि २००२ सम्म मन्त्री भइन् ।



प्रतिक्रिया दिनुहोस्