Logo

मन्त्री यादवको प्रश्न : शेरबहादुर देउवा सफल प्रधानमन्त्री नभएको भए पटक-पटक प्रधानमन्त्री किन बन्नुहुन्थ्यो ? (भिडिओसहित)



काठमाडौं, ६ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वर्तमान सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् । आफू भर्खरै मन्त्री भएको उल्लेख गर्दै देश र जनताको हितमा केन्द्रित रहेर काम गर्ने पनि विश्वास दिलाए । उनले शेरबहादुर देउवालाई देशको सफल प्रधानमन्त्रीको रुपमा चित्रण गरे ।

उनले भने,‘उहाँ सफल प्रधानमन्त्री हो नि, उहाँ सफल प्रधानमन्त्री नभएको भए पटक पटक प्रधानमन्त्री किन बन्नुहुन्थ्यो ? उहाँमा सफल हुने क्षमता र गुण दुवै छ । उहाँमा कुशल राजनीतिक क्षमता छ । उहाँ सबैको चाहनाबमोजिम प्रधानमन्त्री बन्नुभएको हो । उहाँ त जनताको रहरले प्रधानमन्त्री बन्नुभएको हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एसपिपी अस्विकार गर्ने भनेर सरकारले निर्णय गरिसकेकोले अब सरकारमाथि आशंका गर्नु बेकारको कुरा भएको बताए ।

राप्रपाकी महामन्त्री कुन्ती शाहीले सरकार असफल वा सफल भनेर चर्चा गर्नुभन्दापनि देश नै असफलतातर्फ अघि बढेको गम्भीर टिप्पणी गरिन् । देशमा महँगी र भ्रष्टाचार बढेको, हत्या र हिंसा पनि बढेको उनको आरोप छ । सरकारमा भएका व्यक्तिहरुले आफ्नो सेवा तथा सुविधा मात्रै लिएको र जनताप्रति कुनै दायित्वबोध नभएको उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्