Logo

कोरोना संक्रमण बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको अपिल



काठमाडौं, ६ साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले १० बुँदे सुचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका हुन् ।

वढदो वर्तमान संक्रमणको अवस्थासँगसँगै बढ्दो जोखिमलाई मध्य नजर गरी मन्त्रालयले सुचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई काम गर्न सम्बद्ध सबै व्यक्ति, संस्था, निकाय, कार्यालय, तह र तप्काले आ–आफ्नो स्थानमा सावधानीका कार्यहरु गर्नु/गराउन अनुरोध गरेको छ ।

१) सबै सरकारी, गैह्र सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरूमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नु गराउनु हुन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नु गराउनु हुन ।

२) विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न गराउन हुन तथा स्यानिटाइजरको व्यवस्था गर्नु गराउनु हुन ।

३) गोष्ठी, सेमिनार, बैठक जस्ता भिडभाड हुने कार्यक्रमहरूमा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउनु हुन ।

४) विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरञ्जन स्थलहरू स्टेडियम आदि सार्वजनिक स्थलहरूमा मास्कको अनिवार्य प्रयोग गर्न प्रेरित हुने वातावरण गर्नु गराउनु हुन

५) स्वास्थ्य संस्थाहरूले संक्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्नु गराउनु हुन

६) कोभिङ १९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सबैले खोप नलगाएका, पूर्ण तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिलाई खोप लगाउनु हुन तथा लगाउने व्यवस्था गर्नु गराउनु हुन ।

७) अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरूमा निगरानी थप बलियो र प्रभावकारी बनाउन सहयोग गर्नु गराउनु हुन ।

८) भिडभाड हुने स्थानहरूमा कोभिङ १९ नमूना परीक्षण अभियान सञ्चालन गरी समुदाय स्तरमा कोभिडको अवस्थालाई थप विश्लेषण गर्दै प्रभावकारी कदमहरू लिनुहुन ।

९) संक्रमण पुष्टि भई होम आईसोलेसनमा बस्न उपयुक्त नभएका वा संक्रमण पश्चात स्वास्थ्य जटिलता देखिएका व्यक्तिहरूलाई प्रदेश अनुसार तोकिएका कोभिड संक्रमितको उपचार गर्ने अस्पतालमा गई वा पठाई उपचार प्रबन्ध गर्नु गराउनु हुन

१०) कोभिड १९ सम्बन्धी कुनै पनि जिज्ञासा भएमा १११५ नम्बर वा फोन मार्फत चिकित्सकिय सेवा आवश्यक परेमा ११३३ नम्बरमा फोन गर्नु हुन ।



प्रतिक्रिया दिनुहोस्