Logo

नेपालमा पनि नागरिकताको सम्बन्धमा छिमेकी देशहरुजस्तै निश्चित् समय तोकिनुपर्छ : सांसद चौधरी (भिडिओसहित)



काठमाडौं, ६ साउन । नेकपा (एमाले) की सांसद गंगा चौधरीले छिमेकी देशहरूको प्रावधान हेरेर नेपाल पनि निश्चित समय तोकिनुपर्ने बताएकी छिन् ।  उनले माल्दिभ्स, पाकिस्तान, भुटान र भारतमा निश्चित समयको प्रवाधान राखेको उदाहरण दिँदै नेपालमा पनि त्यस्तैखालको प्रावधान राख्नुपर्नेमा जोड दिईन् ।

उनले भनिन्,‘हाम्रो देशमा विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने प्रावधान देशको हितविपरीत हुनेछ । यो विषयमा विगतमा हामीले भोगिसकेका छौं ।’ उनले कसलाई खुशी पार्नका लागि देशलाई फिजीतर्फ लगिँदैछ भन्दै प्रश्नसमेत गरिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot