Logo

एमालेले अब बहुमत ल्याएर सरकार बनाउन सकेन भने अमेरिकाले नेपाललाई किन्छ : एमाले नेता रिजाल (भिडिओसहित)



काठमाडौं, ६ साउन । नेकपा (एमाले) का युवा नेता रामप्रसाद रिजालले आगामी निर्वाचनमा जनताले आफ्नो पार्टीलाई दुई तिहाई बहुमत दिने दाबी गरेका छन् । चुनावपछि पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गरिने पनि उनले स्पष्ट पारे । साझा पेजसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्–‘एमालेलाई नेपाली जनताले बहुमत दिन्छन्, बहुमतमात्रै होईन दुईतिहाई बहुमत दिन्छन् । किनभने नेपाली जनताले अहिलेको सरकारको क्रियाकलाप हेरिसकेको अवस्था छ । नेपाली भूमि र जनताको रक्षाको लागि पनि एमालेलाई बहुमत दिन्छन् । यदि एमालेले अबको निर्वाचनमा बुहुमत ल्याएन र सरकार बनाउन सकेन भने भने त्यो अवस्थामा के हुन्छ भने अमेरिकाले यो नेपाललाई किन्छ । अथवा अमेरिका आएर यहाँ बस्छ । सेना त अहिले यहाँ अमेरिकाले एमसिसीको नाममा बसाईसक्यो ।’

देशको अस्तित्व र अस्मिता जोगाउनको लागि पनि देशको नेतृत्व एमालेले गर्नुपर्ने रिजालको भनाई छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नै नेपालको राजनेता भएको दाबी गरे । प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, शेरबहादुर देउवा र वामदेव गौतमलाई देशमाराको संज्ञा दिए ।

रिजालले भने–‘यिनीहरु कुर्सीको लागि, आफ्नो सत्ता र स्वार्थको लागि नेपाली भूमि बेच्न खोजिरहेका छन् । यी भारतीय दलाल हुन् । अहिलेको सरकार कठपुतली हो । भारतको इशारामा चलेको सरकार हो ।’

https://www.facebook.com/sajhapage24/videos/758541288754325



प्रतिक्रिया दिनुहोस्

Screenshot