Logo

प्राज्ञिक विद्यार्थी परिषदको प्रथम राष्ट्रिय परिषद् बैठक देवघाटमा सुरु



तनहुँ, ६ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय परिषद् बैठक देवघाट धाममा प्रारम्भ भएको छ । विद्यार्थी परिषद्को सांगठनिक कार्य र प्रशासनिक कार्यलाई प्रभावकारी र पार्दशी ढंगबाट सञ्चालन गर्ने र आगामी अभ्यास वर्गहरूको विशेष योजना तय गर्ने ध्येयका साथ साउन ६ र ७ गते तनहुँको देवघाट धाममा रहेको परमान्नद संस्कृति गुरुकुलमा सञ्चालन भएको परिषद्का महासचिव छितराज न्यौपानेले बताएका छन् ।

बैठकको उद्घाटन सत्रमा परमान्नद संस्कृति गुरूकुलका प्राचार्य स्वामी शुभाव चैतन्यले शुभकामना कामना दिदै नेपाल अरूको देशमा मजदुरी गर्ने जाने भूमि नभएर विश्वलाई ज्ञान, धर्म र संस्कार बाँड्न र सिकाउने गुरुहरूको भूमि भएको र त्यही दिशामा सम्पूर्ण युवाहरू हिडनु पर्ने बताए । उनले भने,हामी देव र ज्ञान भूमिमा जन्मेर आज मजदुरी गर्न विश्वभर जानू भनेको अत्यन्तै दखको कुरो भएको छ । पाश्चात्यहरू यहाँ आएर हाम्रा देविदेवताहरूको अपमान गर्ने, हाम्रो भाषा , धर्म , संस्कृति र सभ्यतालाई मास्न निरन्तर लागि परिरहेकोले सचेत भएर अगाडि बढनु पर्ने बताए ।

परमान्द संस्कृत गुरुकुलका प्रचार्य शुभाव चैतन्य, संघका राष्ट्रिय प्रचारक वेद प्रकाश, परिषद् अध्यक्ष गोपीनाथ कण्डेल, महासचिव छितराज न्यौपाने र संगठन सचिव नारायण प्रसाद ढकालले संयुक्त रूपमा उद्घाटन गरेको प्रथम राष्ट्रिय परिषद् बैठकमा एक दिवसिय अभ्यास वर्ग, आवासीय अभ्यास वर्ग, मिति, लक्ष्य, विषयविन्दु, तथा प्रवास योजना, सदस्यता अभियानको लक्ष्य, प्रदेश छात्रा सम्मेलनको योजना, कार्यालय कोष तथा वार्षिक आयव्यय विवरण एवम् लेखापरीक्षण, विविध आयाम एवं गतिविधिहरू, संकल्प ,निरामय, छात्रा कार्य , जनजाति कार्य , विश्वविद्यालय कार्य, सेवा र विकासका लागि युवा, द्वैमासिक पत्रिका (स्टुडेन्टस् कन्सेप्टस्) केन्द्रीय कार्यकारिणी समिति बैठकको मिति र स्थानको बिषयहरू माथि विशेष छलफल पश्चात् आगामी निर्णयहरू तय गर्ने विद्यार्थी परिषद्ले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्