Logo

वुमेन्स युरोकप : स्वीडेन सेमिफाइनलमा



एजेन्सी । फिफा वरीयताको दोस्रो स्थानमा रहेको स्वीडेन युईएफए वुमेन्स युरोकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमलाई १-० गोलले पराजित गर्दै स्वीडेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

लिग स्पोर्ट्स भिलेज रंगाशाला भएको खेलमा स्वीडेनलाई जीत दिलाउन लिन्डा सेम्ब्रान्टले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको इन्जुरी समयमा नाथालीको पासमा लिन्डाले गोल गर्दै स्वीडेनलाई १-० गोलको जीत दिलाएकी हुन् ।

अब स्वीडेनले फाइनल प्रवेशको लागि घरेलु टोली इंग्ल्याण्डको सामना गर्नेछ । इंग्ल्याण्डले स्पेनलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्