Logo

रुस-युक्रेन युद्ध रोकिने आशा बढ्यो



एजेन्सी, ७ साउन । रुस र युक्रेनबीच युद्ध रोकिने आशाका किरण देखिन थालेको छ । दुई देशले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरे । जसमा ब्ल्याक सीबाट युक्रेनले अन्न निर्यात गर्न रोकटोक हुनेछैन।

विश्वव्यापी खाद्यान्न अभाव भइरहँदा युक्रेनको अन्न थन्किएको थियो । अब उसले ब्ल्याक सीबाट अन्न निर्यात गर्नेछ ।

युक्रेनले सिधै रुससँग नभई संयुक्तराष्ट्रसंघको माध्यमले सम्झौता गरेको छ । इन्तानबुलमा रुसका रक्षामन्त्री सेरगेइ सोइगू र युक्रेनका पूर्वाधारमन्त्री ओलेकसान्डर कुब्राकोभले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

युक्रेनको अन्न रोकिंदा विश्वभर खाद्य संकट बढेको थियो । पाउरोटी र पास्ता महङ्गो भएको थियो । खाना पकाउने तेल र मलको मूल्य पनि बढेको थियो ।

अन्न निर्यात ब्ल्याक सीबाट गर्न दिने गरी रुस लचिलो हुनुलाई युक्रेन युद्ध रोकिने दिशातर्फ पहिलो पाइलाका रुपमा लिइएको छ । युद्धको अन्त शान्तिवार्ताबाटै हुने हो । तर, रुस र युक्रेनबीच कहिले युद्ध रोकिने हो भन्ने चासो विश्वभर छ । बादल जतिसुकै कालो भएपनि चाँदीको घेरा हुन्छ । रुस र युक्रेनबीचको युद्धको कालो बादलमा चाँदीको घेरा देखिएको छ । शान्तिको आशा पलाएको छ ।



प्रतिक्रिया दिनुहोस्