Logo

माधव नेपालको टिप्पणी : चुनाव जितेपछि कांग्रेसले पनि अहंकार देखाउन थाल्यो



काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले इतिहासमा आफूहरुले ठूलो कीर्तिमानी बनाएको दाबी गरेका छन् । उनले केपी शर्मा ओलीप्रति संकेत गर्दै दुई तिहाईको फुर्ति देखाएकालाई सडकमा फालिएको पनि देखेको टिप्पणी गरे । आज (शनिबार) पार्टीनिकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले सम्बोधनको क्रममा भने,‘इतिहासमा हामीले कीर्तिमान बनायौं । दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालिएको पनि देख्यौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनायौं । निर्वाचन भयो । निर्वाचनमा कम्युनिष्टभन्दा कांग्रेस माथि पुग्यो । चुनाव जितेपछि त्यसले पनि अहंकार देखाउन थाल्यो । अर्को दुःख थपिने हो कि भन्ने चिन्ता छ । हाम्रो बुई चढेर ठूलो पार्टी बन्ने अनि हामीलाई नै बुर्कुसी मार्ने हो कि भन्ने डर छ ।’

Photo By: Mukunda Kalikote/ReportersNepal 

 



प्रतिक्रिया दिनुहोस्