Logo

समाजसेवी राणाको आर्थिक सहयोगमा दुवै मिर्गौला फेल भएका ४५ दिने शिशुको ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचार



काठमाडौं, ७ साउन । नेकपा (एमाले) की नेतृ तथा समाजसेवी मिना राणाले दुवै मिर्गौला फेल भएका झापा भद्रपुर–९ का ४५ दिनका शिशु सुज्ञान गिरीको उपचारमा आर्थिक सहयोग गरेकी छिन् । शिशुको अहिले काठमाडौंको धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचार भैरहेको छ । समाजसेवी राणाले आफ्ना तीन जना छोराछोरीहरु मेभान शमशेर, स्विकृति राज्यलक्ष्मी र सुर्याय शमशेर राणाको जन्मदिनको खर्च कटाएर सुज्ञानको उपचारमो आर्थिक सहयोग गरेकी हुन् ।

अहिले शिशुको पिसाब थैलीमा स्ट्रेन्थ राखिएको छ । त्यसको लागि राणाले चार लाखभन्दा बढि खर्च गरेकी छिन् । शिशुका आमा बुवाले भने समाजसेवी राणाले गरेको सहयोगले आफूहरुमा बच्चाको उपचार राम्रो हुने विश्वास पलाएको प्रतिक्रिया दिएका छन् । शिशुलाई धरान, घोपाबाट काठमाडौं रिफर गरिएको थियो । सहयोगको लागि बनाईएको भिडिओबाट राणाले बच्चाको अवस्थाबारे थाहा पाएको र तुरुन्तै परिवारका सदस्यलाई सम्पर्क गरेर आफूले बच्चालाई उपचारमा आर्थिक सहयोग कुनैपनि कमी हुन नदिने वचन दिएको बताईएको छ ।

घोपाको अस्पतालले कान्ति बाल अस्पतालको लागि रिफर गरेको भएपनि राणाले ग्राण्डीमा लगेर उपचार गरेको पनि जनाईएको छ । चिकित्सकले समेत शिशु बाँच्ने सम्भावना अत्यन्तै कम रहेको भनेर भनिसकेको अवस्थामा पनि राणाले भने आफूले बच्चालाई बचाउनको लागि सबै उपाय लगाउने भन्दै उपचारमा कुनै कमी आउन नदिने वचन दिएको र सोहीअनुसार भूमिका निर्वाह गरेकी छिन् । राणाले शिशुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्