Logo

रियल म्याड्रिड बार्सिलोनाको जीत



काठमाडौं, साउन ८ । विश्व फूटबलका दुई महारथीबीचको ‘एल क्लासिको’मा बार्सिलोना विजयी भएको छ । आइतबार बिहान प्रि-सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई १-० गोलले पराजित गरेको हो ।

लास भेगासस्थित एल्लेजायन्ट रंगशालामा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन राफिन्हाले निर्णायक गोल गरे । पहिलो हाफको २७ औं मिनेटमा राफिन्हाले डी एरिना बाहिरबाट सुन्दर गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना १-० गोलले विजयी भयो ।

जीतसँगै बार्सिलोनाले प्रि(सिजनमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदा रियल म्याड्रिडले भने हारसँगै प्रि(सिजनको शुरुवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस्