Logo

सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्दै सरकार



काठमाडौं, साउन ८ । सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्ययोजना घोषणा कार्यक्रममा भ्रमण दशकबारे सार्वजनिक गरिएको हो । सरकारले यसअघि सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो । कारोना महामारी भित्रिएपछि उक्त अभियान बिचैमा रद्द गरिएको थियो ।

आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले जनाएको छ । मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्