Logo

संघीयता नेपाललाई चाहिँदैन्, यसलाई खारेज गर्नुपर्छ : मोहनविक्रम सिंह (भिडिओसहित)



काठमाडौं, ८ साउन । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालबाट कम्युनिष्ट पार्टी कहिल्यैपनि अन्त्य नहुने दाबी गरेका छन् । नेपालबाट कम्युनिष्ट आन्दोलन समाप्त भयो भनेर भन्नु गलत हुने उनको टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो उद्देश्यअनुसार काम गरेको भने आफूले नपाएको गुनासो पोखे ।

उनले भने,‘कम्युनिष्ट आन्दोलन समाप्त भएको छैन् । कम्युनिष्ट पार्टीहरुले देश, जनता र क्रान्तिको विषयमा सोचेर नै नीति तथा कार्यक्रम बनाएर अघि बढेका छन् ।’ उनले नेपालको कम्युनिष्ट पार्टीको संस्थापक नै पुष्पलाल भएको सुनाए । सिंहले आफ्नो पार्टीले संविधानमाथि पूरै स्विकार नगरेको पनि टिप्पणी गरे ।

उनले संघीयताले देशको भलाई नहुने जिकिर गरे । उनले नेपालजस्तो सानो देशमा प्रदेश संरचनाको आवश्यकत्ता नरहेको स्पष्ट पारे । सिंहले संघीयता नेपाल र नेपालीलाई नचाहिने भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरे । उनले स्थानीय निकायलाई नै मजबुद बनाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्