Logo

शिवलिङ्ग फुट्यो भने के गर्ने त !



एजेन्सी, ८ साउन । साउन महिनामा शिवको पूजा गर्ने चलन रहेको छ । धेरै मानिसहरूले घरमा शिवलिंग स्थापना गरी पूजा गर्छन्। जसको घरमा शिवलिंग स्थापना हुन्छ, त्यस्ता व्यक्तिले सदैव केही विशेष कुरामा ध्यान दिनु पर्छ ।

घरमा कति ठुलो शिवलिंग स्थापना गर्नुपर्छ ?
घरमा शिवलिंग स्थापना गर्न चाहनुहुन्छ भने शिवलिंगको आकारमा विशेष ध्यान दिनुपर्छ । ठुलो शिवलिङ्ग मन्दिरमा मात्र स्थापना गर्नुपर्छ, सानो शिवलिङ्ग घरको लागि शुभ मानिन्छ । घरमा हातको औँलाको पहिलो भागभन्दा ठूलो शिवलिङ्ग नराख्नुहोस्। यो शिव पुराणमा उल्लेख छ। शिवलिंगको साथमा गणेश जी, देवी पार्वती, कार्तिकेय स्वामी र नन्दीको साना मूर्तिहरू राख्नुहोस्। परिवार मिलेर शिवको पूजा गर्नाले पूजाको फल छिट्टै मिल्छ ।

घरको मन्दिर वरिपरि सरसफाईमा विशेष ध्यान दिनुपर्छ । हरेक बिहान र बेलुका शिवलिंगको नजिक दीप प्रज्वलन गर्नुपर्छ। दिनहुँ भगवानलाई भोजन अर्पण गर्नुहोस्।

शिवलिंग फुट्यो भने के गर्ने ?

शिवलिंगलाई शिवको निराकार रूप मानिन्छ। शिवलिंगको कुनै खास आकार हुँदैन। शिवलिंग भत्किए पनि पूजायोग्य छ, पूजा गरिरहनुपर्छ। शिवको मूर्ति भाँचिएको भए मन्दिरबाट हटाउनुपर्छ भन्ने कुरामा ध्यान दिनुस् । भाँचिएको मूर्तिको पूजा गर्नबाट टाढा रहनुपर्छ।
पारद शिवलिङ्ग अर्थात पाराबाट बनेको शिवलिङ्ग निकै शुभ मानिन्छ । शिवलिंग बनाउन पहिले पारा सफा गरिन्छ। यसपछि तरल पारालाई धेरै औषधी मिसाएर बाँधिन्छ। पारा स्थिर भएपछि त्यसबाट शिवलिंग बनाइन्छ। पारा लगाएर शिवलिंग बनाउने प्रक्रिया धेरै दिनसम्म चल्छ। पारद शिवलिङ्ग अन्य सबै धातुको शिवलिङ्गभन्दा श्रेष्ठ मानिन्छ।



प्रतिक्रिया दिनुहोस्