Logo

कञ्चनपुरको सिमा समस्या समाधनका लागि पहल गर्न परराष्ट्रमन्त्री खड्कालाई नेता लेखकको आग्रह



काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि परराष्ट्रमन्त्री डा. नारायण खडकासँग आग्रह गरेका छन् । कञ्चनपुरका सिमा क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराउन लेखक नेतृत्वको टोलीले आज (आइतबार) परराष्ट्रमन्त्री खडकालाई मन्त्रालयमा पुगेर भेट गरेको थियो ।

कन्चनपुरको सिमा क्षेत्रमा नेपालीहरुले आफ्नो नाममा रहेको जग्गा उपभोग गर्न नपाएको, आफ्नै भूगोलमा सडकलगायत भौतिक संरचना निर्माणमा भारतीय पक्षबाट रोक लगाइएको लगायतका विषयमा नेता लेखकले ध्यानाकर्षण गराएका थिए।

सो भेटका क्रममा परराष्ट्रमन्त्री खडकाले कंचनपुरलगायत अन्य ठाउँमा देखिएका सिमा समस्या समाधानक लागि सरकारले कुटनीतिक माध्यमबाट पहल गरिरहेको र छिट्टै समस्या समाधान हुने बताएको भेटमा सहभागी कांग्रेस नेता लेखकका स्वकिय सचिब जनक भट्टले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्