Logo

अञ्जु गौतमको ‘बारुली कम्मर’ बोलको गीतको भिडिओ सार्वजनिक, छोरी ज्योतिको अभिनय (भिडिओसहित)



काठमाडौं, ८ साउन । चर्चित गायिका अञ्जु गौतमले ‘बारुली कम्मर’ बोलको तीज गीत ल्याएकी छिन् । उक्त गीतको भिडिओमा भने अञ्जुकै छोरी ज्योति खड्काले अभिनय गरेकी छिन् । अन्जुले आफ्नै यूटुब च्यानल ‘अञ्जु गौतम अफिसियल’बाट उक्त गीतको भिडिओ बाहिर ल्याएकी हुन् ।

भिडियोमा ज्योतिको साथमा सविता तामाङ, रोमा न्यौपाने र आरजु प्रसाई, रेश्मा भट्टराईलगायतको अभिनय रहेको छ । रमेश दाहालको शब्द रहेको गीतमा अञ्जुको स्वर छ ।

अञ्जुले भने गीतमार्फत आम दर्शक तथा श्रोताले फरक सन्देश र स्वाद पाउने विश्वास दिलाएकी छिन् । संगीत/एरेन्ज विपिन आचार्यको रहेको छ । प्रवेश पोखरेलले छायांकन गरेको भिडियो निर्देशन तथा कोरियोग्राफी सुमन सागरजंग केसीले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्