Logo

आज भगवान शिवको प्रिय दिन, यसरी गर्नुहोस् पूजा



काठमाडौं, साउन ९ । आज साउन महिनाको दोस्रो सोमबार । हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी धुमधामका साथ साउने सोमबार मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।

विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् ।

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ । विशेषगरी महिलाहरुले हरियो, पहेलो र रातो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने गर्छन् ।

ज्योतिष शास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यस दिन शिवोपासना विशेष मानिन्छ । साउन महिनाको सोमबार गरिने शिवको व्रत तथा पूजा विशेष फलदायी हुने जनविश्वास छ । यस बर्ष साउनमा पाँच वटा सोमबार परेका छन् । पाँच वटा सोमबार पर्नुलाई अझ विशेष महत्वका साथ हेरिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्