Logo

साफ यु-२० च्याम्पियनसिपः आज नेपाल र माल्दिभ्स भिड्दै



काठमाडौं, साउन ९ । साफ यु–२० च्याम्पियनसिप पुरुष फूटबल प्रतियोगिता आजबाट भारतमा शुरु हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दैछन् । भुवनेश्वरमा हुने खेल नेपाली समय अनुसार बेलुकी ४स्१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्दै प्रतियोगिताको सुखद शुरुवात गर्न चाहन्छन् । आइतबार भएको प्रि(म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका कप्तान आयुष घलानले तयारी राम्रो भएकाले सुखद नतिजाको अपेक्षा रहेको बताएका थिए । प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपालले आजको खेल जित्दै शुरुवाती ३ अंक जोड्न चाहन्छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । प्रतियोगिताको शिर्ष दुई स्थानमा रहने टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्