Logo

क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा



क्यालिफोर्निया, साउन ९ । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ। योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गएको शुक्रवारदेखि लागेको डढेलो नियन्त्रणमा नआएपछि आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ।

डढेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहले प्रयास गरिरहेका छन्। डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ भने डढेलोका कारण १० वटाभन्दा धेरै घर जलेर जष्ट भएका छन्।

डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ। यसलाई अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो भनिएको छ। क्यालिफोर्नियाको वारुण विभागले विस्फोटक रूपमा आगो फैलिरहेकाले नियन्त्रणमा चुनौती रहेको बताएको छ।क्यालिफोर्नियाका गभर्नर गभिन न्युसोमले सुक्खासँगै गर्मी मौसमका कारण आगो फैलिएको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्