Logo

मुख्यमन्त्री राउतको टिप्पणी: सिंहदरबारको सिंह दरबारभन्दा बाहिर निस्किन सकेन (भिडिओसहित)



काठमाडौं, ९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफूहरुले मधेश प्रदेश सरकारको कार्यालयको लागि जनकपुर चुरोट कारखानाको जग्गा प्राप्तिको लागि केन्द्र सरकारलाई आग्रह गरेको बताएका छन् । त्यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटेको सुनाए ।

उनले संघीयता मुलुकको विकासको लागि राम्रो व्यवस्था रहेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तर, सिंहदरबारको सिंह अहिले दरबारभन्दा बाहिर निस्किन नसकेको उनको गुनासो छ ।

मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारले आफ्नो प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षण गरेको सुनाए । उनले यो मुलुकमा संघीयता खारेज गर्ने कसैको हिम्मत नभएको पनि दाबी गरे । उनले भने,‘यो मुलुकमा कसैले पनि संघीयता खारेज गर्न सक्दैनन् । म यो ग्यारेन्टीका साथ भन्छु ।’ उनले हिजो एकात्मक शासन प्रणालीबाट हालीमुहाली गरेकाले संघीयताको विरोधमा षड्यन्त्र गरेको सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्