Logo

घट्यो सुनको मूल्य



काठमाडौं, साउन ९ । नेपाली बजारमा सोमबार सुनको भाउ एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot