Logo

पाइलटलाई घूस दिएर विमान अपहरण गर्न खोजेको आरोप



एजेन्सी, ९ साउन । रुसले युक्रेनमाथि विमान अपहरण गर्न खोजेको आरोप लगाएको छ । रुसी खुफिया एजेन्सीले युक्रेनमाथि पाइलटलाई घूस दिएर विमान अपहरण गराउन खोजेको आरोप लगाएको हो ।

विभिन्न सैनिक जेटहरु युक्रेनी एजेन्सीहरुले अपहरणको तारोमा पारेको आरोपबारे रुसी मिडिया रसिया टीभीले रिपोर्ट बनाएको छ । यसका लागि अमेरिकी सहयोगमा सञ्चालित युक्रेनी अनुसन्धान संस्था बेलिङ्गक्याटलाई बढाइएको भनिएको छ ।

रुसी पाइलटहरुलाई यूरोेपेली यूनीयनका देशहरुले पासपोर्ट वितरण गर्ने र निश्चित रकम पुरस्कार पनि दिने गरी षड्यन्त्र रचिएको रुसी टीभीको रिपोर्टमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्