Logo

सिप्रदीद्धारा ‘लोकोन्याभ’को बिक्रि सुरु



काठमाडौं, ९ साउन । टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी टेडिङले उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन ‘लोकोन्याभ’ बिक्री सुरु गरेको छ ।

गाडीको ट्रयाकिङ, इन्धन सुपरीवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त रहेको कम्पनीको दाबी छ।
कम्पनीको अनुुसार ‘लोकोन्याभ’ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो, जसले गाडीहरुलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पु¥याउँछ ।

‘सिप्रदीले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आपूलाई सशक्त ढंगले अगाडि बढाईरहेको छ । यसै परिप्रेक्षमा कम्पनीले ‘लोकोन्याभ’ नेपाली बजारमा ल्याएको हो,’ सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठ भने, ’यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको छ।’

यसैगरी लोकोन्याभका सहसंस्थापक धर गुप्ताले सिप्रदीसँगको बलियो सहकार्यले अझ विशेष बनाउने बताए। ‘हामी नेपाल जस्तो आर्थिक रुपमा उदियमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिवद्ध छौं,’ उनले भने।

गुप्ताका अनुसार लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो, जुन विश्वका उदियमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित छ।

विश्वका ५० भन्दा बढी मुलुकहरुमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी संचालनको प्रभावकारी व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्