Logo

प्रभु बैंकले २ अर्ब ६० करोड नाफा कमायो



काठमाडौं, ९ साउन । प्रभु बैंकको गत आर्थिक वर्ष २०७८/७९ मा नाफा ५१ प्रतिशतले वृद्धि भएको छ ।

२ अर्ब ६० करोड ४ लाख रुपैयाँ (५१.११ प्रतिशत) नाफा आर्जन गरेको बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७२ करोड ९ लाख नाफा कमाएको थियो । बैंकले बोनस सेयर मार्फत चुक्ता पूँजी वृद्धि गर्दा नाफासँगै प्रमुख वित्तीय सूचकहरु पनि सुधार भएका छन् ।

बैंकको प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १५ रुपैयाँ १७ पैसा रहेको थियो ।
त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ पनि वृद्धि भएर १५६ रुपैयाँ १६ पैसा पुगेको छ ।

यसैगरी सेयरधनी सञ्चित कोषमा एक अर्ब ५७ करोड ९४ रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ संचित गर्न बैंक सफल भएको छ

बैंकको अपरिस्कृत वित्तीय विवरण अनुसार आधार ब्याजदर (बेस रेट) ६.८८ प्रतिशतबाट बढेर ९.२४ प्रतिशत पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्