Logo

काठमाडौंको कल सेन्टरमा प्रहरीको छापा



काठमाडौं, ९ साउन । काठमाडौंको तीनकुनेमा कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको कल सेन्टरमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको हो ।

विशेष सुचनाको आधारमा पुगेको प्रहरीले सेन्टरबाट ल्यापटप लगायत विद्युतिय उपकरणहरु बरामद गरेको जनाइएको छ ।

हिजो बुटबलमा चिनियाँ नागरिकले चलाएका कल सेन्टर बुटवलमा प्रहरीले छापा मारेको थियो ।



प्रतिक्रिया दिनुहोस्