Logo

मस्कले भने–गुगलका सह–संस्थापकको श्रीमतीसँग कुनै अफेयर छैन्



एजेन्सी, ९ साउन । टेस्लाका सीईओ एलोन मस्कले गुगलका सह–संस्थापककी श्रीमतीसँगको अफेयरको खबरलाई निराधार भन्दै खण्डन गरेका छन् । उनले गुगलका सह–संस्थापक सर्गेई ब्रिन आफ्नो साथी भएको स्पष्ट पारेका हुन् । उनले अफेयरको खबर हल्लामात्र भएको पनि दाबी गरेका छन् ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले आइतवारको एक रिपोर्टमा मस्कको सर्गेईकी श्रीमती निकोलसँग अफेयर रहेको दाबी गरेको थियो । ब्रिनले यस वर्षको जनवरीमा निकोलसँग सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका थिए।

मस्कले सोमबार ट्वीट गरेर यस रिपोर्टको जवाफ दिएका हुन् । उनले लेखेका छन्,‘यी सबै निराधार छन्। सर्गेई र म साथी हौं। हिजो राती हामीसँगै पार्टीमा थियौं । पछिल्ला तीन वर्षमा मैले निकोललाई दुई पटक मात्र देखेको छु, दुबै पटक हाम्रो वरिपरि धेरै मानिसहरू थिए, केहि रोमान्टिक थिएन।’

मस्कले वाल स्ट्रीट जर्नलको रिपोर्टबारे पनि प्रतिक्रिया दिएका छन् । ट्विटमा यस्तो लेखिएको थियो, ‘यो वर्ष चरित्र हत्या नयाँ उचाइमा पुगेको छ । तर, यी लेखहरू केही होइनन्। म पागल जस्तै काम गर्छु। मसँग त्यस्ता कुराहरूको लागि समय छैन।’



प्रतिक्रिया दिनुहोस्