Logo

संसदको चुनाव कहिले नहारेका देउवा र गच्छेदारको यसपाली के होला



काठमाडौं, ९ साउन । नेपालको राजनीतिमा ६ पटक संसदको निर्वाचन जित्ने दुईमात्र नेता छन् । उनीहरु हुन् शेरबहादुर देउवा र विजयकुमार गच्छेदार । दुवै हाल नेपाली काँग्रेसका हुन् ।

देउवाले २०४८ सालयता डडेलधुराबाट प्रत्यक्षतर्फ चुनाव जित्दै आएका छन् । उनले एकपटक डडेलधुरा र कैलालीबाट पनि चुनाव जितेका थिए ।
विजयकुमार गच्छेदारले सुनसरीबाट चुनाव जित्दै आएका छन् । गच्छेदारले तीन पटक नेपाली काँग्रेस र तीन पटक मधेशवादी दलबाट चुनाव जिते । संविधान सभा अघि गच्छेदारले काँग्रेसबाट चुनाव जितेका थिए । त्यसपछि मधेशवादी दलमा आवद्ध भएर चुनाव जिते ।

देउवा र गच्छेदार मात्र नेपालको इतिहासमा ६ पटक लगातार संसदको चुनाव जित्ने नेताहरु हुन् । जनतामाझ भिजेका र बलियो संगठन रहेकाले पनि दुवैले चुनाव जित्दै आएका हुन् । राजनीतिमा रणनीतिक चार्तुयता पनि देखिन्छ उनीहरुमा ।

देउवाको डडेलधुरामा बलियो पकड छ । ८० टेक्न लागेका बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा फेरि पनि डडेलधुराबाट चुनाव लड्ने चर्चा छ । ५ पटक प्रधानमन्त्री भइसकेका देउवा ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताउने गर्छन् । उनी सातौं पटक चुनाव जित्ने तयारीमा भने पक्कै छन् ।

गच्छेदार सुनसरीबाट चुनाव लड्ने चर्चा छ । उनको चुनावी क्षेत्र त्यही हो । थारु समुदायमा गच्छेदारको बलियो पकड छ । उनी पटक पटक मन्त्री भइसकेका छन् । उपप्रधानमन्त्रीसहित गृह, भौतिक जस्ता शक्तिशाली मन्त्रालय सम्हालेको इतिहास छ । गच्छेदार सातौंपटक चुनाव जितेर इतिहास रच्ने दाउमा छन् ।

देउवालाई यसपटकको प्रतिनिधि सभाको निर्वाचन कठिन भने हुनसक्छ । वृद्धावस्थाको हुनु, डडेलधुरामा नयाँ पीढीका युवाहरुको उदय हुनुले पनि देउवालाई चुनौती बढेको हो । तर, शक्तिमा लामो समय बसिसकेकाले उनलाई हराउन सजिलो छेन । नयाँ पुस्तामाझ देउवा लोकप्रीय नहुनुले परिस्थिति उल्टन सक्छ ।

गच्छेदार पनि वृद्धावस्थाका छन् । उनी नयाँ पुस्तामाझ लोकप्रीय छैनन् । यो उनका लागि चुनावी चुनौती बन्न सक्छ । तर, लामो राजनीतिक अनुभव भएकाले गच्छेदारलाई पराजित गर्न सजिलो छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot