Logo

कल सेन्टरमा प्रहरीलाई छापा मार्न अवरोध गर्न खोज्ने ७ महिला पक्राउ



काठमाडौं, ९ साउन । काठमाडौंको तीनकुनेमा कल सेन्टरमा छापा मार्न रोक्न खोज्ने ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको गैरीगाउँको कल सेन्टरमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली छापा मार्न पुगेको थियो ।

प्रहरीको अनुसार ती महिलाहरुले अभद्र व्यवहार गर्दै छापा मार्न अवरोध गरेका थिए । ती महिलाहरुलाई गौशलामा लगिएको प्रहरीले जनाएको छ।

विशेष सुचनाको आधारमा पुगेको प्रहरीले सेन्टरबाट ल्यापटप लगायत विद्युतिय उपकरणहरु बरामद गरेको छ ।

हिजो बुटबलमा चिनियाँ नागरिकले चलाएका कल सेन्टर बुटवलमा प्रहरीले छापा मारेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्