Logo

शेयर बजारमा उच्च अंकको वृद्धि, ४ अर्ब बढी कारोबार



काठमाडौं, ९ साउन । शेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक ५४ दशमलव ४५ अंकले बढ्दा २१३२ दशमलव ९६ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव ५ अंकले बढेर ४०७ दशमलव ३८ विन्दुमा पुगेको छ।

साताको कारोबारको दोस्रो दिन सोमबार २१४ कम्पनीको ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९१४ रुपैयाँ बराबरको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्