Logo

दीपिकाको ‘पठान’को फस्ट लुक सार्वजनिक



एजेन्सी, ९ साउन । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।

यसैबीच, दीपिकाले आफ्नो इन्स्टाग्राममा आफ्नो एक मोशन पोस्टर सेयर गरेकी छिन्। फिल्म ‘पठान’ पोस्टर देखेर फ्यानहरु निकै उत्साहित भएका छन् । यस पोस्टरमा दीपिका निकै इन्टेन्स लुकमा देखिएकी छिन् ।

उनको एक्सन लुक सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा भाइरल भएको छ । फ्यानहरूले कमेन्ट सेक्सनमा फायर इमोजीको साथ आफ्नो उत्साह देखाउँदै छन्। शाहरुख खान र दीपिका पादुकोणको यो फिल्म २५ जनवरी २०२३ मा सिनेमाघरहरूमा रिलिज हुनेछ।



प्रतिक्रिया दिनुहोस्