Logo

प्रहरीले बुझायो अर्थमन्त्रालयको सीसीटिभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट



काठमाडौं, ९ साउन । नेपाल प्रहरीले अर्थमन्त्रालयको सीसीटिभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट छानबिन समितिलाई बुझाएको छ ।

पुर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले फुटेज माग गरेपछि डाटा रिकभरका लागि हार्डडिस्क प्रहरीको ल्याबमा पठाइएको थियो ।

आगामी वर्षको बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोप लागेपछि शर्माले मन्त्रीबाट समेत राजीनामा दिएका थिए ।

शर्मामाथि छानबिनका लागि विशेष समिति गठन गरेर अनुसन्धान गरिदैछ । तर, हालसम्म ठोस प्रमाण भने भेटिएको छैन् । समितिको फेरी दोस्रो पटक सात दिनको म्याद थपिएको छ।

मन्त्रालयको सीसीटिभी फुटेजबाट पत्ता नलागेपछि छानबिन समितिले सिंहदरबार प्रवेशद्वारकै फुटेज मगाएको छ। आइतबार बसेको समिति बैठकले पूर्वी र दक्षिणी प्रवेशद्वारका सिसिटिभी फुटेज मगाएको हो।

 



प्रतिक्रिया दिनुहोस्