Logo

प्रधानमन्त्री देउवा बोल्न उठ्दा नारावाजी भएपछि…



काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा भीमसेन थापा स्मृति पुरस्कार प्रदान गर्ने कार्यक्रममा पुगेका थिए । राजधानीमा आयोजित कार्यक्रममा देउवा प्रमुख अतिथिका रुपमा बोल्न उठेकामात्र थिए ढोका नजिकै एकजना युवक नारावाजी गर्न थाले ।

युवकले नागरिकता विधयेक र एमसीसी राष्ट्रघाती भएको भन्दै खारेज गर्न माग गरे । उनले देउवालाई एमसीसीको मतियार भने ।

नारावाजी गरिरहँदा युवकलाई सुरक्षाकर्मीले बाहिर लगेका थिए । देउवा मञ्चतर्फ बढ्दै गर्दा सेनाले तत्काल सुरक्ष दिए ।



प्रतिक्रिया दिनुहोस्