Logo

पछिल्लो २४ घण्टामा ५६८ कोरोना संक्रमित थपिए, एकको मृत्यु



काठमाडौं, ९ साउन । पछिल्लो २४ घण्टामा पाँच सय ६८ जना कोरोना भाईरसको नयाँ संक्रमित थपिएका छन् ।

४८ सय जनाको नमुना परीक्षण गरिएकोमा ५६८ नयाँ संक्रमित थपिएका हु्न ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको निधन भएको छ ।

यस्तै, सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन् ।

अहिले देशभरि सक्रिय संक्रमितको संख्या ३५३४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्